घोराही उपमहानगरपालिकामा कोरोना व्यवस्थापनमा खटिएका चार जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नं. १८ का ४६ वर्षीय पुरुष, घोराही उपमहानगरपालिका वडा नं. ३ का ४८ वर्षीय पुरुष तथा घोराही उपमहानगरपालिका वडा नं. ४ का ५७ वर्षीया महिला र घोराही ४ कै ३१ वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
यसअघि दाङको लमही नगरपालिकामा १ र राप्ती गाउँपालिकामा १ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको थियो । योसँग दाङमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ६ पुगेको छ ।
यसैबीच कोरोना संक्रमण भएपछि आइसोलेसनमा रहेका दाङका दुई स्वास्थ्यकर्मीसहित १२ जना सोमबार डिस्चार्ज भएका छन् ।