logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा ६८ कोरोना संक्रमित थपिए


अंकुरण खबर
832
Shares

सुदूरपश्चिममा आज (सोमबार) ६८ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन्।

आज थपिएका संक्रमितमा ६५ जना पुरुष र तीन महिला रहेका छन्। बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिमका जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कैलालीमा देखिएका छन्। कैलालीमा ९३ जनामा संक्रमण देखिएको छ। यस्तै कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा हालसम्म कोरोनाकाकारण दुई जनाको मृत्यु भएको छ भने २६ संक्रमित निको भएर घर फर्किसकेका छन्।