logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजको मौसम : देशै भर वर्षा, सतर्क रहन विभागको आग्रह


अंकुरण खबर
585
Shares

आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ।

प्रदेश नम्बर एक देखि पाँच सम्मका अधिकांस स्थानको मौसम बदली भई पानी परिरहेको जल तथा मौसम बिज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुनी गतिविधी सक्रिय भएका कारण यी स्थानहरुमा दिउँसैसम्म पानी पर्ने बताएको छ । केही ठाउँमा भारी वर्षा हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै सुदूरपश्चिम र पश्चिमी भेगको मौसम पनि विहानैदेखी बदली भएको बताएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी बायु पनि सक्रिय रहेको मौसम विभागले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा पनि पानी परिरहेको छ। उपत्यकामा बेलुकासम्मै पानी पर्ने बिभागले जनाएको छ ।

पछिल्लो २० घन्टामा काठमाडौं उपत्यकामा २३ दशमलव ८ मिलीमिटर वर्षा मापन भएको छ।