गण्डकी प्रदेशमा मंगलबार बिहान थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले मंगलबार बिहान गोरखामा १० जना, स्याङजामा ४ जना, नवलपुरमा २ जना र कास्की र बागलुङमा एक एक जनामा कोरोना पुष्टि भएको जनाएको छ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको पनि निर्देशनालयले जनाएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या २ सय २३ पुगेको छ । अहिले सम्म गण्डकीमा १६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।
