आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ९४ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ २२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७३ पैसा छ।
