चितवनको नारायणी सामुदायिक अस्पतालका एक चिकित्सक कोरोनामुक्त बनेका छन् ।
गत २६ जेठमा गरिएको परीक्षणमा अस्पतालका फिजिसियनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको सोमवार गरिएको स्वाब परीक्षणमा नेगेटिभ आएपछि उनी कोरोना संक्रमणमुक्त भएका हुन् ।
उनीसहित नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैको कोरोना संक्रमण नेगेटिभ आएपछि सबै कोरोना संक्रमणमुक्त भएका हुन् ।
उनीहरुलाई आज मंगलवार नै डिस्चार्ज गरी १४ दिन होम क्वारेन्टाइनमा पठाइने अस्पतालका एक चिकित्सकले जानकारी दिए ।