कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड, फेससिल, गगल्स लगायतका सामग्री सहयोग रुवरुप उपलब्ध गराएका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए ।
उनले अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकारले ठूलो सहयोग पुर्याएको बताए ।