logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंका र माल्दिभ्सबाट १५४ नेपाली आज स्वदेश फर्कंदै


अंकुरण खबर
1.729K
Shares

माल्दिभ्स र श्रीलंकामा समस्यामा परेका १५४ नेपाली आज हिमालय एअरलाइन्समार्फत स्वदेश फर्कने भएका छन् ।

माल्दिभ्समा समस्यामा परेका १४९ र श्रीलंकामा समस्या रहेका ५ जना गरी १५४ जना हिमालय एअरलाइन्समार्फत फर्कने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

काठमाडौंबाट हिमालय एअरलाइन्स श्रीलंकाको कोलम्बो उडिसकेको छ । नेपालबाट ३९ जना श्रीलंकन र २ जना नेपाली लिएर हिमालय एअरलाइन्स कोलम्बो उडेको हो ।

कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँ रहेका नेपालीलाई लिएर बेलुका मात्रै काठमाडौं आइपुग्ने प्रवक्ता क्षेत्रीले बताए ।

अहिलेसम्म मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट ७ जना , अस्टे्रलियाबाट ११ जना फर्किएका छन् ।

यस्तै कुवेतबाट २ वटा फ्लाईट मार्फत १५० र १४९ गरेर २९९ जना, जापानबाट ६ जना, अफगानिस्थानबाट १८ जना र बंगलादेशबाट १५८ जना स्वदेश फर्किएका छन् । सोमबार मात्रै ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किएका थिए ।