logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टिनमा बस्दै आएका दाङका एक जोडीले क्वारेन्टिन भित्रै गरे विवाह


अंकुरण खबर
1.339K
Shares

भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।

घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै विवाह भएको हो ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वरेन्टिनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ ३२ गते विवाह भएको हो।

माया-प्रेममा रहेका उनीहरुले आग्रह गरेपछि विवाह गरिदिएको वडाध्यक्ष भरत अर्यालले बताए। घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य विधिबाट विवाह भएको उनले जानकारी दिए।

जेठको पहिलो साता नेपाल आएका उनीहरु झण्डै २४ दिन क्वरेन्टिनमा अलग्गै बसेका थिए। त्यसपछि उनीहरु विवाह बन्धनमा बाधिएका हुन्। विवाहपछि एक हप्ता सेल्फ क्वारेन्टिनमा बस्ने गरी उनीहरुलाई घर पठाइएको छ।