logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा ९० वर्षका वृद्धलाई देखियो कोरोना संक्रमण


अंकुरण खबर
806
Shares

पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा उपचाररत ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनमा कोरोना संक्रमण देखिएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याँउने तयारी भइरहेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा। विनोद विन्दु शर्माले बताए ।

त्यस्तै उनको सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको छ ।

आज (मंगलवार) नै तनहुँको जिल्ला शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा १२ र ४६ वर्षका पुरुषहरु रहेका छन् ।

उनीहरुलाई तनहुँ शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको प्रवक्ता शर्माले बताए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।