logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नगद लुटपाट : युवती सहित तीन जना पक्राउ


अंकुरण खबर
715
Shares

लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।