logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुशान्त राजपुतको आत्महत्या पछि, छिमेकी भाउजुले गरिन प्राण त्याग


अंकुरण खबर
689
Shares

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको घटना सेलाउन नपाँउदै उनको भाउजुको निधन भएको छ।

सुशान्तको मृत्युको थाहा पाएपछि उनकी भाउजुले पनि प्राण त्याग गरेको भारतीय मिडियाले जनाएका छन्।

बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको मृत्युको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमको दाबी छ।

ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन्। सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ। सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो । एजेन्सी