दाङमा आज मात्रै ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा दाङमा ५६ जना कोरोना संक्रमित थपिएका हुन् । संक्रमितमध्ये ४६ जना पुरुष र १० जना महिला छन् ।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या २४२ पुगेको छ । उनीहरुमध्ये घोराही उपमहानगरपालिका वडा नं ४ मा ४७ जना रहेका छन् । त्यसैगरी घोराही–१२ का ४ जना, घोराही–१ का २ जना रहेका छन् । अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहे पनि वडा खुलेको छैन ।
प्रतिष्ठानमा कोरोना पुष्टि भएका मध्ये सल्यान कुमाख गाउँपालिकाका एक जना रहेका छन् ।