आज बुधबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ३९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५३ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १५४ रुपैयाँ ५५ पैसा छ।
