logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृत्यु भइसकेका अर्का व्यक्तिको पनि कोरोना रिपोर्ट पोजेटिभ


अंकुरण खबर
1.183K
Shares

बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोहलपुरको आईसीयुमा उपचाररत बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको थियो। मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए।

निमोनियाबाट पीडित ती महिलाको स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो। तर उनको सोमबार साँझ मृत्यु भयो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

बाँकेमा कोरोनाबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन्।