logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालद्धारा छागंरुको अबलोकन


अंकुरण खबर
4.953K
Shares

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुला पुगेका छन् ।

नेपाली सेनाको स्काइट्रकमार्फत् आज बिहान थापा र खनाल कालापानी नजिकैको छागंरुमा सशस्त्र प्रहरीले स्थापना गरेको बीओपी र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षण गर्न त्यहा पुगेका हुन् ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प राखिएको छ ।

प्रधानसेनापतिले सुदुरपश्‍चिम पृतनालगायतको निरीक्षण गर्ने कार्यक्रम पनि छ। सेनाको स्काइट्रकबाट धनगढी गएको टोलीले त्यहाँबाट सेनाकै हेलिकप्‍टरमार्फत छागंरुलगायत क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ।