logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीको क्वारेन्टिनमा आरडीटी पोजेटिभ देखिएका पुरुषले गरे आत्महत्या


अंकुरण खबर
663
Shares

अर्घाखाँचीको एक क्वारेन्टिनमा एक पुरुषले आत्महत्या गरेका छन्।

शितगंगा नगरपालिका-५ स्थित क्वारेन्टिन रहेका स्थानीय ४५ वर्षीय देवबहादुर बिकले मंगलबार राति आत्महत्या गरेका हुन्।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार ती पुरुषको शव क्वारेन्टिन नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ । विद्यालयको कोठामा सँगै बस्ने अन्य दुई जना निदाएपछि ती पुरुष बाहिर निस्किएको जनाइएको छ ।

स्थानीयले रुखमा झुन्डिएको अवस्थामा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ती पुरुषको १० दिनअघि आरडीटी परीक्षण नतिजा पोजेटिभ आएको र पीसीआर परीक्षणका लागि स्वाबको नमुना भैरहवास्थित प्रादेशिक प्रयोगशाला पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।