logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुका थप १० जनामा कोरोना पोजेटिभ


अंकुरण खबर
858
Shares

कपिलवस्तुको थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका सहित जिल्लाभर संक्रमितको संख्या ६५७ जना पुगेको छ।

वाणगंगा नगरपालिकाका-८ का ३१ वर्षीया एक महिला, ९ का ६० वर्षीय एक पुरुष, शिवराज नगरपालिका-२ का १९ वर्षीय एक महिला, ४ का ४० वर्षीय एक पुरुष, ८ का ४५ वर्षीय एक पुरुष, ९ का ३१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै, बुद्धभूमि नगरपालिका-७ का १९, २२ र २६ वर्षका ३ जना पुरुषमा पनि कोरोना संक्रमण भएको छ। सोही नगरपालिकाको वडा नम्बर ८ कि १८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा स्वाब नमुना परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको हो।