logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशमा अलपत्र परेका नेपालीको निशुल्क उद्धार गर्न सांसद विडारीको माग


अंकुरण खबर
1.027K
Shares

राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबारको बैठकमा सांसदहरुले क्वारेन्टाइन व्यवस्थापन देखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद राम नारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए।

सरकारले रोजगारी नदिएर धकेली धकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्त भएकोले उद्दार गर्न नसकेको उनले बताए। उनले भने, ‘‘राम्रा राम्रा र बलिया बलिया युवाहरु रोजगारीका लागि विदेशमा छन्। उनीहरु अहिले विदेशमा अलपत्र छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् । भाडा तिर्ने पैसा छैन्। ’

उनले अलपत्र परेका युवाहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताए।