logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्युठानमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
650
Shares

प्युठानमा थप १८ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला काठमाडौंमा गरिएको परीक्षणमा २२ देखि ४४ वर्षका १८ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ ।

संक्रमितमध्ये नौबहिनी गाउँपालिकाका ३ जना, प्युठान नगरपालिकाका ४ जना, माण्डवी गाउँपालिका ९ जना र स्वर्गद्वारी नगरपालिकाका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।

उनीहरु भारतका विभिन्न स्थानबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमण पुष्टि भएसँगै उनीहरुलाई स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा राखिएको छ ।