logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल र कार आपसमा ठोक्किँदा एकजनाको मृत्यु


अंकुरण खबर
1.066K
Shares

कैलालीको गोदावरी नगरपालिकास्थित लालपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ।

बा २० च ५१२८ नम्बरको कार र विपरित दिशाबाट आइरहेका से ४ प ७३९८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका–२ कैलालीका गम्भीर कोटकेनी रहेका छन्।

मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन्। विद्यालयबाट निस्किएर घर जाने वेला विद्यालयभन्दा दुई सय मिटर टाढा सडक दुर्घटना भएको हो।