कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अुनसार मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिला रहेकी छन् ।
उनी मिर्गौलाको समस्या भएपछि नेपालगन्ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी थिइन् ।
उनको असार १ गते स्वाब संकलन गरी कोरोना परीक्षणका लागि नमुना पठाइएको थियो । उनको असार १ गते साँझ नै मृत्यु भएको थियो ।
उनको असार २ गतेको परीक्षणका नतिजाका क्रममा कोरोना संक्रमण भएको पाइएको हो । हालसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।