logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.066K
Shares

दाङ र सल्यानमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा दाङका ८ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो ।

बुधबार दाङको राप्ती गाउपालिका ५ र गढवा गाउपालिकाका ३ जना गरि ८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ । त्यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा देखिएका संक्रमितमध्ये ४ जना महिला र २९ जना पुरुषहरु छन् ।