कोरोना विशेषस्वास्थ्य

बुधबार थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

आज (बुधबार) देशभर ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमध्ये सबैभन्दा धेरै महोत्तरीमा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने रौतहटमा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै प्युठानका ३८ जना, बर्दियाका ३१ जना तथा गुल्मीका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी सल्यानका २५ जना, धनुषाका २२ जना, नवलपरासी पूर्वका १७ जना, कालिकोटका १४ जना, अर्घखाँचीका १२ जना, कपिलबस्तुका १० जना, मोरङका ९ जना तथा दाङका ८ जनामा कोरोना पुष्टि भएको छ।

मन्त्रालयका अनुसार रुपन्देही, बारा र कञ्चनपुरका ७-७ जना, सर्लाहीका ६ जना, उदयपुर र धनुषाका ४-४ जना तथा पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सुर्खेत, दैलेख र झापका २-२ जना सिराहा तथा कैलाली र बाँकेका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Comment here