खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने दाबी गरेकी छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले परीक्षणलगत्तै पानी काठमाडौं झारिने दाबी गरेकी हुन् ।
उनले आयोजना कार्यान्वयन निर्देशनालयले व्यवस्थापनको काम गरिरहेको जानकारी दिँदै पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले नै गर्ने बताइन् ।
विगतमा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदुरको आन्दोलनलगायतका समस्याका कारण अन्योल र निराशा देखिएको उल्लेख गर्दै उनले सबै चुनौतीका बाबजुद पनि आगामी आवको सुरुमा पानी वितरण गरिने बताइन् ।