logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा महिलाको मृत्यु पछि कोरोना पुष्टि


अंकुरण खबर
650
Shares

कैलालीमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

बुधबार साँझ कैलालीको गोदावरी नगरपालिका १ का ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २२ पुगेको हो । शनिवार रातिदेखि सेती अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बुधवारै कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । न्यूरोसम्बन्धी समस्याका कारण उनलाई आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको बुधबार बिहान मृत्यु भएको हो ।

सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएकोमा बुधबार साँझ त्यसको रिपोर्ट आउँदा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

बुधबार नै नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा मृत्यु भएकी बैजनाथ गाउँपालिका ६ की ४६ वर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।