राष्ट्रियसभाले आज संविधान संशोधन विधेयक पारित गर्दैछ ।
राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले आज बस्ने राष्ट्रिय सभाको पहिलो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा निर्वाचन हुने बताए ।
विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकारले लिपुलेक–लिम्पियाधुरा सहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार सरकारले निशान छाप परिवर्तन गर्नका लागि संविधान संशोधन विधेयक संसदमा पेश गरेको थियो ।
विधेयकलाई प्रतिनिधिसभाले पारित गरिसकेको छ । त्यस्तै आजै बस्ने राष्ट्रिय सभाको दोस्रो बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।