नागबेली लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा असार २० गते होटल टाइमलेस मोमेण्ट, विर्तामोड-१ झापामा हुने भएको छ ।
कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा उक्त कम्पनीलाई मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका असार १० गते देखि २० गतेसम्म बन्द रहनेछ । सरकारले कोभिड–१९ बाट हुने जोखिम न्यूनिकरणका लागि तय गरेको सुरक्षा मापदण्डको पूर्णरुपमा पालना गरी कम्पनीले साधारण सभा गर्न लागिएको बताएको छ ।