logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीका २६ वर्षीय युवक कोरोनामुक्त


अंकुरण खबर
780
Shares

गुल्मीमा १ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० का २६ वर्षका युवक कोरोना संक्रमण मुक्त भएर घर फर्किएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए।

भारतबाट आएका उनमा गत जेठ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई जिल्ला सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य संयोजक अर्यालले बताए ।

गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५९ छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ ।