logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित


अंकुरण खबर
1.729K
Shares

संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिवर्तन गर्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेयक बिहीबार राष्ट्रिय सभाबाट सर्वसम्म पारित भएको छ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्। मतदानमा ५७ जना सहभागी थिए। सबैले पक्षमा मतदान गरेका थिए। ५८ सदस्यीय सभामा अध्यक्षले भने मतदान गर्न पाउँदैनन्।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल भएको थियो।

उक्त विधेयक प्रतिनिधिसभाबाट जेठ ३१ गते पारित भएको थियो।

अब संविधान संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा जानेछ। त्यसपछि सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछन्।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि संविधानको अनुसूची ३ मा रहेको निशान छापको नक्सा परिमार्जन हुनेछ र परिमार्जित निशान छाप प्रयोगमा आउनेछ।