logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट कब्जा गरिएको र अतिक्रमित भूमि हरहालतमा फिर्ता ल्याउने : श्रेष्ठ


अंकुरण खबर
1.313K
Shares

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतबाट कब्जा गरिएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी व्यावहारिक रुपमा फिर्ता ल्याउने विन्दुसम्म पुग्ने राष्ट्रिय संकल्पलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रवक्ता श्रेष्ठले भने, ‘भारतबाट कब्जा गरिएको र अतिक्रमित भूमि हरहालतमा व्यावहारिक रुपमा फिर्ता ल्याउने विन्दुसम्म पुग्ने राष्ट्रिय संकल्प अभिव्यक्त भएको छ। हाम्रो यो राष्ट्रिय संकल्पलाई एकताबद्ध बनाउनुपर्छ।’

उनले सार्वभौमिकता र भौगोलिक अखण्डताका विषयमा देश अहिले एक ढिक्का भएको बताए।

उनले भने, यी भूमि भारतले कब्जा गरेको हो र हामीले प्राप्त गरिछाड्नुपर्छ ।’ त्यसअनुसार अहिले चालेका कदम ठिक छन् भन्नेमा हामी एक ढिक्का हुन सबै दलका नेता, इतिहासविद्, बुद्धिजीवी र सांसदहरुलाई आग्रह गरे।