पोखराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित टंकराज अधिकारीको सेन्टर लेक होटलबाट बुधबार दिउँसो प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।
पोखरा–६ बैदाम बस्ने ६१ वर्षीय बीर बहादुर लामिछाने लगायत ८ जनालाई नगद १९ हजार ३ सय २० रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।