यूएईको दुबई र साउदी अरबको रियादमा समस्यामा परेका नेपालीहरूलाई लिनको लागि नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ जान लागेको छ।
आज साँझ नेपाल एअरलाइन्सको जहाज दुबई र रियाद जान लागेको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्। नेपाल एअरलाइन्सको न्यारोबडी जहाज दुबई जान लागेको हो। सो जहाज भोलि ५ असार बिहान काठमाडौं फर्कने उडान तालिका छ।
त्यसैगरी, मलेसियामा अलपत्र परेका नेपालीलाई काठमाडौं ल्याउनको लागि हिमालयन एअरलाइन्सको जहाज मलेसियाको राजधानी क्वालालम्पुर गएको छ।
आज बिहान त्यसतर्फ गएको जहाज आजै साँझ काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।