पछिल्लो २४ घण्टामा नेपालमा ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालका ७४ वटा जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म रसुवा, ओखलढुंगा र मुस्ताङमा मात्रै कोरोना संक्रमित भेटिएका छैनन्।
नेपालमा साढे १ लाख भन्दा बढी मानिसमा पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।