कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमा बर्दियाका ४ जना र बाँकेका ३ जना छन् भने कर्णाली प्रदेशको दैलेख जिल्लाका १ जना छन्।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बिहीबार (आज) बाँकेका तीन, बर्दियाका चार र दैलेखमा एकजनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि हुनेमा बाँकेको नेपालगञ्जका एक जना, खजुराका एक जना र नरैनापुरका एक जना छन्।
त्यस्तै राजापुर बर्दियाका २ जना, बढैयातालका एक जना छन्। दैलेख जिल्लाका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो।