logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
2.405K
Shares

आज शुक्रबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२२ रुपैयाँ १३ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३६ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर मूल्य १३७ रुपैयाँ ३१ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ३ पैसा छ भने बिक्रीदर मूल्य १५२ रुपैयाँ ७८ पैसा छ।