अहिले दुई ठुला शक्तिसाली राष्ट्र चीन र भारतको द्धन्द्धले विश्वकै चासोको विषय बनेको छ ।
दुईदेशको सिमाना गलवान घाँटीमा गत सोमबार राति भएको हिंसात्मक झडपमा चिनियाँ सेनाले नियन्त्रणमा लिएका १० जना भारतीय सैनिकलाई रिहा गरिदिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार दुई देशका मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिक रिहा गरेको उल्लेख गरेका छन् ।
रिहा हुनेमा एक लेफ्टिनेन्ट कर्णेल र तीन जना मेजर सहभागी भएका छन् ।
१५–१६ जुनको राति भारत र चीनका सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने ७८ जना सैनिक घाइते भएका थिए । चीन र भारतको सिमामा यस अघि पनि झडप हुँदै आएको छ ।