logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारमा महिनौंदेखि अड्किएका २० शव ल्याइँदै, क-कसको शव आउँदैछ? (नामसहित)


अंकुरण खबर
3.796K
Shares

शुक्रबार वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो ।

कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार ककसको शव आउँदैछ ?

कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद मण्डलको शव आउँदै छ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले आजै ल्याउँदै छ ।

कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनीहरुका जिल्लामा पु¥याउने सरकारको तयारी छ ।

यस्तै साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैछन् । जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याउँदै छ ।

हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव ल्याउँदैछन् । कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ ।

युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ । यसअघि जजिराले हिजो पनि दुईवटा शव ल्याएको थियो ।