logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कति छ आज सुनचाँदीको मूल्य ?


अंकुरण खबर
910
Shares

नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपियाँले बढेको छ ।

शुक्रबार छापावाला सुन एक सय रुपियाँले बढेर प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।