logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ८,२७४ पुग्यो


अंकुरण खबर
650
Shares

नेपालमा आज (शुक्रवार) एकै दिन ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा आज एकै पटक ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने, १ हजार ४०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१६ रहेको छ ।