काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी तीनजनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै बिहीबार मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।