बर्दियामा क्वारेन्टिनमा बसेर घर गएका एक व्यक्तिको मृत्यु भएको छ ।
बर्दिया नगरपालिका-३ का ४५ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । (यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो । मृतक गत २२ जेठमा काठमाडौंबाट बर्दिया पुगेका थिए ।
उनलाई स्थानीय खुरखुरे बालविकास केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल बर्दिया लाने क्रममा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी नेपालगन्जस्थित भेरी अस्पताल पठाइएको छ ।