logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४३८ पुग्यो


अंकुरण खबर
780
Shares

गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माका अनुसार शुक्रबार राती गरिएको परीक्षण मध्ये थप ५८ जना कोरोना संक्रमण पुष्टि भएको हो ।  प्रदेशका ७ जिल्ला तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।