विगत साढे ५ महिनादेखि विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ६१ हजार ८१३ जनाको मृत्यु भएको छ ।
यो समचार तयार गर्दासम्म संक्रमितको संख्या ८७ लाख ५० हजार नाघेको छ भने संक्रमणबाट निको हुनेको संख्या ४६ लाख २० हजार २८३ पुगेको छ ।
हालसम्म कोरोना भाइरसको संक्रमण विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको छ ।
कोरोना भाइरसको मारमा सबै भन्दा बढी अमेरिका र युरोपियन देशहरुमा परेका छन् ।
अमेरिकी मुलुकहरुमा २ लाख २० हजार ६सय ६४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ५२ हजार ३ सय ७७ पुगेको छ । संक्रमणबाट मुक्त हुनेको संख्या भने २० लाख ८४ हजार ३सय २९ रहेको छ ।
त्यस्तै युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८६ हजार ९३४ जनाको मृत्यु भएको छ ।
२२ लाख ८३ हजार ९६ जना संक्रमित भएकोमा १२ लाख ३५ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ४६ हजार ३६३ जनाको मृत्यु भएको छ । १८ लाख १६ हजार ३१७ जना संक्रमित भएका छन भने ११ लाख ४३ हजार १५२ जना निको भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ७ हजार ७१३ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ८१२ संक्रमित छन् । जसमा १ लाख ३५ हजार १७६ जना निको भएका छन् ।