स्थानीय

डडेल्धुरा सदरमुकाम अनिश्चित्कालका लागि सिल

डडेल्धुरामा कोरोना संक्रमण निकै बढेपछि सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि सदरमुकाम सिल गरिएको हो ।

सदरमुकाम सिल गरिए पनि सरकारी कार्यालय र अनिआवश्यकीय बस्तु खुल्ले डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी गणेशदत्त ओझाले जानकारी दिए ।
बजार क्षेत्रमा माइकिङ गरि बिना काम घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

डडेल्धुरामा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Comment here