बुधबार बिहान मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ ।
पहिरोको कारण सडक पन्छाउदै एकतर्फी सवारी आवागमन गरिएकोमा शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् ।
निरन्तर पानी परेर पहिरो जादा सडकको ४५ मिटर लामो भाग ढाकेको थियो । पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए ।