अहिले देशभर सामान्यतया बदली रही थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार दिउँसो देशैभर वर्षा हुने छ ।
प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ भने सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रहीने छ ।
वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।