logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय


अंकुरण खबर
1.95K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयकमा सहमति जुटेपछि बैठकले सो निर्णय गरेको हो ।

हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी बुहारीले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमाथि छलफल हुँदै आएको छ।