पाल्पामा थप १६ जना कोरोना सक्रमित भेटिएका छन् ।
पाल्पाको बगनासकाली गाउँपालिका वडा नं ६ यम्घाको क्वारेन्टाइनमा १३ र वडा नं ७ को क्वारेन्टाइनमा ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसँगै पाल्पामा सक्रमितको संख्या ७१ पुगेको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १६ जनामा सक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
सक्रमित हुनेमा १९ देखि ४५ वर्ष उमेर समुहका छन् । सक्रमितमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् ।