logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशमा समस्यामा परेका यी पाँच देशबाट आज नेपाली स्वदेश फर्कंदै


अंकुरण खबर
2.158K
Shares

विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि आज ५ उडान हुने भएको छ ।

मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट आज नेपालीहरु स्वदेश फर्कंदै छन् ।

साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउनेछ ।

त्यस्तै आज कोरियाबाट पनि कोरियन एअरलाइन्समार्फत २२६ जना नेपालीहरु स्वदेश फर्कर्दैछन् । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।